सीताले कांग्रेसमा अचानक ईतिहाँस रचेपछि एमाले मुर्छित्
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ ४६ वर्षीया सीता गुरुङ प्रतिनिधि सभामा तेह्रथुमबाट निर्वाचित भएकी छिन् ।
निर्वाचन आयोगले शनिबार बिहान सार्वजनिक गरेको औपचारिक नतिजाअनुसार नेतृ गुरुङले १०७९ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वीलाई हराएकी हुन् ।
गुरुङ कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेर विजयी हुने पहिलो महिला नेतृ बनेकी छिन् । नेतृ गुरुङ कांग्रेसभित्र लोकप्रिय युवा नेतृमा पर्छिन् ।
कांग्रेस उम्मेदवार गुरुङले १९७०२ मत पाएर विजयी भएकी छिन् ।
एमालेका ६४ वर्षीय विजय सुब्बा १८६२३ मतसहित पराजित भएका छन् ।
यसैगरी, विष्णुकुमार चोङवाङले (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) ७२३, युवराम गौतमले (राष्ट्रिय प्रजातन्त्र पार्टी) ४१५, नारायणमान गुरुङले (जनता समाजवादी पार्टी, नेपाल) ११८ मत पाएर पराजित भएका छन् ।
गौरीप्रसाद कन्दङवाले (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) ८३, गंगाबहादुर चोङवाङ् लिम्बुले (मंगोल नेशनल अर्गनाइजेसन) ८२, शुसन चोङवाङ लिम्बुले (स्वतन्त्र) ५७, राजेन्द्रकुमार लिम्बूले (राष्ट्रिय जनमुक्ति पार्टी) ५४, टंकप्रसाद भट्टराईले (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलाल) २९ मतसहित पराजित भएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया