कांग्रेसका बदनाम र ठगी काण्डमा थुनामा परेर छुटेका सभापति शाहीलाई जनताले दण्ड दिए
काठमाडौं । नेपाली कांग्रेसका डोल्पाका जिल्ला सभापति दीपेन्द्रबहादुर शाहीको लज्जास्पद हार भएको छ ।
निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम नतिजाअनुसार सभापति शाही डोल्पाको प्रदेश सभा २ बाट २२७८ मतको अन्तरमा एमालेसँग पराजित भएका हुन् ।
कांग्रेसका उम्मेदवार ४९ वर्षीय शाहीलाई एमालेका उम्मेदावर ४५ वर्षीय शेरबहादुर बुढाले हराइदिएका हुन् । बुढाले ४७४३ मतसहित विजयी हासिल गरेका छन् ।
कांग्रेसका शाहीले २४६५ मतसहित पराजय भोग्नु परेको छ ।
राजनीतिक पहुँच र पैसाको बलमा प्रदेश सभाको टिकट पाए पनि कांग्रेस सभापति शाहीलाई जनताले हराएर दण्ड दिएका छन् । शाहीले आफ्नै कारण पराजय भोग्नु परेको छ । शाही अहिले पनि भूमिगत शैलीमा छन् ।
लेनदेनको करोडौं रुपियाँ पचाउन सभापति शाहीले आफ्नी पत्नीलाई अभद्र गरेको भनेर आफ्नै नातेदारविरुद्ध समेत उजुरी दिनसम्म पुगेका थिए ।
ठेकेदार पृष्ठभूमिका कांग्रेसका उम्मेदवार शाहीले धेरै व्यक्तिलाई करोडौं रुपियाँ ठगी गरेका छन् ।
शाहीविरुद्ध चेक बाउन्सको अभियोगमा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा उजुरी समेत परेको छ । काठमाडौं प्रहरीले शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको छ ।
प्रहरीको सूचीमा फरार रहेका शाहीलाई प्रहरीले डोल्पामा चुनावी प्रचार प्रसारमा सुरक्षा दियो । तर, पक्राउ गरेन । शाहीलाई नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काको समर्थन र राजनीतिक सुरक्षा छ । सोही कारण शाही बच्दै आएका छन् ।
कांग्रेस डोल्पाका सभापति एवम् प्रदेश सभा सदस्यमा पराजित शाही दुई वर्ष अगाडि दशैंका बेला ठगीको अभियोगमा केही दिन काठमाडौं प्रहरीको कार्यालय टेकुको हिरासतमा समेत बसेका थिए ।
सभापति शाहीले रसुवाको सडकको काममा सन्दीप पाठकसहितका निर्माण व्यवसायीहरूको करीव ५ करोड ठगी गरेको आरोप छ ।
शाहीका कारण सञ्जीव पाठकसहितका निर्माण व्यवसायीहरूले सडकको काम गर्न बैंक र व्यक्तिसँग लिएको पैसा तिर्न नसकेर सडकमा समस्यामा परेका छन् । शाहीलाई रसुवाका बागमती प्रदेश सभाका एक जना पूर्व सदस्यले पनि संरक्षण गर्दै आएका छन् ।
शाहीले धेरै व्यक्तिलाई ठगी गरेपछि विभिन्न सञ्चारमाध्यममा समाचार समेत आएका छन् ।
यसैबीच, प्रदेश सभामा पराजित भएका नारान बुढाले (राष्ट्रिय प्रजातन्त्र पार्टी) १२४ मत पाएका छन् ।
नन्दबहादुर रोकायाले (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलाल) २४ मत पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया