यी हुन् गुल्मीमा एमालेको अहँकार भत्काउने कांग्रेसका पावरफुल नेता, बालकोटलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी १५९२ मतअन्तरका साथ निर्वाचित भएका छन् ।
शुक्रबार निर्वाचन आयोगद्वारा जारी अन्तिम नतिजाअनुसार भण्डारीले निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रदीप ज्ञवालीलाई हराएका हुन् । गुल्मी क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ कांग्रेसका भण्डारीले जितेपछि एमालेको अहँकार भत्किाएको छ ।
कांग्रेस नेता ६१ भण्डारीले ३३७४४ मतसहित जित हातपारेका छन् ।
एमालेका उम्मेदवार ६१ वर्षीय प्रदीपकुमार ज्ञवालीले ३२१५२ मतसहित पराजय भोग्नु परेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका विश्वासपात्र मानिने ज्ञवाली पनि पराजित भएपछि बालकोटमा तनाब भएको छ ।
यसैबीच, दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी) १८८२, गणेश पाण्डेले (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३५४, लोकबहादुर थापाले (मंगोल नेशनल अर्गनाइजेसन) २६५, भुवनेश्वर अर्यालले (हाम्रो नेपाली पार्टी) १७४, चन्दा थापाले (राष्ट्रिय जनमुक्ति पार्टी) ५४ पाएका छन् ।
पदम रसाईलीले (नेपाल मजदुर किसान पार्टी) ३२, कमला श्रेष्ठले (स्वतन्त्र) ५, सुधन न्यौपानेले (स्वतन्त्र) २ मत पाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया