बागलुङमा ‘सोत्तर’ बन्यो एमाले, कांग्रेस–माओवादी–राजमोको शक्तिशाली जित
काठमाडौं । बागलुङका प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनले ‘क्लीनस्वीप’ गरेको छ ।
बुधबार सार्वजनिक भएको नतिजाअनुसार बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी र २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल निर्वाचित भएको कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगरले बताएका छन् ।
बागलुङका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । जितबहादुर शेरचन, दीपेन्द्रबहादुर थापा, द्रोणकुमार कुँवर र दिल्लीराम सुवेदी विजयी भएका छन् ।
राजमोका केसीले दुई हजार ६ सय ६३ मतको अन्तरले एमालेका सूर्य पाठकलाई पराजित गरेका हुन् ।
केसीले २१ हजार ४ सय ४८ मतसहित जित हातपारेका छन् । पाठकले १८ हजार ८ सय २५ मतसहित पराजित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार एक सय ७७ मत ल्याएका छन् ।
बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् ।
पौडेलले एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतको अन्तरले हराएका छन् ।
पौडेलले २४ हजार ७ सय ७९ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १ सय ८० मत ल्याएर पराजित भएकी छिन् ।
बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले एमालेका उम्मेदवार हीराबहादुर खत्रीलाई १४८१ मतान्तरले हराएका छन् । थापाले १३ हजार ८ सय ८४ मत पाएका छन् । खत्रीले १२ हजार ४ सय ५ मत पाएका छन् ।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन् । बागलुङ कांग्रेसका सभापति समेत रहेका शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई ३१०० मतको अन्तरले पराजित गरेका छन् ।

शेरचनले १५१०८ मत पाएका छन् । घर्तीले १२००८ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार घर्तीलाई एमालेले सहयोग गरेको थियोे ।
बागलुङको क्षेत्र नं. २ प्रदेश सभा २ मा कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् ।
एमालेका उम्मेदवार लक्ष्मण पुनलाई ३७३७ मतको अन्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।
कुँवरले १२४८० मत ल्याउँदा उनका प्रतिस्पर्धी लक्ष्मण पुनले ८६७१ मत पाएका छन् ।
बागलुङको क्षेत्र नम्बर १ प्रदेश सभा २ मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदीले एमालेका उम्मेदवार नवराज पौडेललाई ६०६७ मतको अन्तरले पराजित गरेका हुन् । सुवेदीले १३ हजार ३२० मत ल्याउँदा पौडेलले ७ हजार २५३ मत पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया