कांग्रेसका मोहन आचार्यले रवि लामिछानेका उम्मेदवारको जमानत जफत गरिदिए
रसुवा । रसुवामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य झण्डै दोब्बर मतसहित निर्वाचित भएका छन् ।
मंगलबार राति सार्वजनिक भएको नतिजाअनुसार आचार्यले एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् ।
कांग्रेसका उम्मेदवार आचार्यले १८ हजार २३५ मत ल्याएर विजयी भएका छन् ।
एमालेका तामाङले जम्मा ८ हजार ६१४ मत पाएका छन् ।
रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १६५ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।
प्रतिनिधि सभातर्फ निर्वाचत कांग्रेसका आचार्यले साना दलका सबै उम्मेदवारहरूको जमानत जफत गरिदिएका छन् ।
Published : Tuesday, 2022 November 22, 8:47 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया