गृहमन्त्री खाण पुनः लयमा फर्किए, ह्वात्तै अग्रत बढ्यो

काठमाडौं । रुपन्देही ३ मा नेपाली कांग्रेस उम्मेदवार बालकृष्ण खाणले पुनः अग्रता लिएका छन् ।

मंगलबार बेलुका साढे ६ बजे सार्वजनिक परिणामअनुसार खाणले ६६१० मत पाएका छन् ।

राप्रपाका दीपक बोहराले ६२५७ मत पाएर पच्छाइरहेका छन् ।

गृहमन्त्री समेत रहेका खाण राप्रपाका दीपक बोहराभन्दा ३५३ मतले अगाडि छन् ।

केही समय दीपक बोहराले बालकृष्ण खाणलाई उछिनेका थिए । पुनः खाण लयमा फर्किएका छन् ।

प्रतिनिधि सभातर्फ रुपन्देही २ मा १७१३५ मत गणना भएको छ ।

Published : Tuesday, 2022 November 22, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया