गगनका सामु राजन निरिह, काठमाडौं ४ मा एमालेको लज्जास्पद हार

काठमाडौं । काठमाडौं ४ बाट नेपाली कांग्रेसका गगनकुमार थापाले फराकिलो मतान्तरले जितेका छन् ।

कांग्रेसका महामन्त्री समेत रहेका थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन् ।

गगनले राजनलाई ७ हजार ४५६ मतले हराइदिएका छन् ।

थापाले २१ हजार २ सय ९३ मत पाएका छन् । प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाएका छन् ।

थापाले सुरुदेखि अग्रता कायम गरेका थिए । एमालेको प्रभाव क्षेत्रमा समेत गगनले आफ्नो अग्रता कायम गरेका छन् ।

मत गणना बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ बाट सुरु भएको थियो । यो वडा एमालेको पकड मानिन्छ ।

स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि गगनले झिनो अग्रता कायम गरेका थिए ।

खसेको १५११ मतमा गगनले ६६७ मत पाउँदा राजनले ६३३ मत पाएका छन् ।

बुढानीलकण्ठ–२ २७०५ मतम खसेको थियो । गगनले १३५८ र राजनले ९४७ मत ल्याएका छन् ।

Published : Tuesday, 2022 November 22, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया