गगनले बाँकी सबै मत राजनलाई दिए पनि एमालेले जित्न नसक्ने

काठमाडौं । काठमाडौं ४ का नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा प्रतिनिधि सभातर्फ जित सुनिश्चित भएको छ ।

मंगलबार बिहान १० बजे प्राप्त पछिल्लो नतिजाअनुसार गगन थापाले १९०१४ मत प्राप्त गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२, १३ र काठमाडौं महानगरको १, ७, ८ को गणना भएको छ ।

एमालेका उम्मेदवार राजन भट्टराईले १३०२३ मत पाएका छन् ।

गगन थापा र राजन भट्टराईबीच ५९९१ मतको अन्तर छ ।

अब काठमाडौं महानगरको वडा नं. ३० को ४८८१ मत गणना हुन बाँकी छ ।

मतगणना हुन बाँकी रहेको सबै मत एमालेका राजन भट्टराई आउँदा पनि गगन थापाको जित सुनिश्चित भएको छ ।

Published : Tuesday, 2022 November 22, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया