गगनले बाँकी सबै मत राजनलाई दिए पनि एमालेले जित्न नसक्ने
काठमाडौं । काठमाडौं ४ का नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा प्रतिनिधि सभातर्फ जित सुनिश्चित भएको छ ।
मंगलबार बिहान १० बजे प्राप्त पछिल्लो नतिजाअनुसार गगन थापाले १९०१४ मत प्राप्त गरेका छन् ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२, १३ र काठमाडौं महानगरको १, ७, ८ को गणना भएको छ ।
एमालेका उम्मेदवार राजन भट्टराईले १३०२३ मत पाएका छन् ।
गगन थापा र राजन भट्टराईबीच ५९९१ मतको अन्तर छ ।
अब काठमाडौं महानगरको वडा नं. ३० को ४८८१ मत गणना हुन बाँकी छ ।
मतगणना हुन बाँकी रहेको सबै मत एमालेका राजन भट्टराई आउँदा पनि गगन थापाको जित सुनिश्चित भएको छ ।
Published : Tuesday, 2022 November 22, 11:10 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया