रेखा शर्माले शंकर पोखरेललाई धेरै पछाडि पारिन्

काठमाडौं । दाङ क्षेत्र नं. २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा फराकिलो मतअन्तरले अग्रता लिएकी छिन् ।

मंगलबार बिहान करीव ६ बजेको पछिल्लो नतिजाअनुसार शर्माले ६५६० मत पाएकी छिन् ।

दाङ २ मा १६०२९ मत गणना भएको छ ।

एमालेका उम्मेदवार शंकर पोखरेलले ५२०८ मत पाएका छन् ।

माओवादी उम्मेदवार शर्मा र एमालेका उम्मेदवार पोखरेलबीच १३५२ मतको अन्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २५६८ मत पाएका छन् ।

Published : Tuesday, 2022 November 22, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया