सिन्धुपाल्चोक २ मा मोहन बस्नेत तेब्बरमहित अगाडि

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत आफ्ना प्रतिद्वन्द्वीभन्दा झण्डै तेब्बर मतसहित अग्रता लिएका छन् ।

मंगलबार बिहान करीव साढे ६ बजेको प्रारम्भीक नतिजाअनुसार बस्नेतले ३१५७ मत पाएका छन् ।

एमालेका उम्मेदवार शेरबहादुर तामाङ १८७५ मतसहित पच्छाइरहेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेश सभा ३ मा माओवादी केन्द्रका (गठबन्धन) युवराज दुलाल पनि तेब्बर मतसहित अग्रता लिएका छन् । दुलालले ३०५३ मत पाएका छन् ।

एमालेका उम्मेदवार अमानसिं तामाङले १८३३ मतसहित पच्छाइरहेका छन् ।

Published : Tuesday, 2022 November 22, 6:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया