मनाङमा कांग्रेसका गुरुङ जितको नजिक
काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी नजिक पुगेका छन् ।
कांग्रेसका उम्मेदवार गुरुङ २०२५ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङ १८०३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ४ मत पाएका छन् ।
कांग्रेसका उम्मेदवार गुरुङ २२२ मतले अगाडि रहेका छन् ।
अब करिब १ हजार मत गन्न बाँकी छ । मनाङमा कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ मत खसेको थियो ।
३ हजार ८३२ मत गणना भइसकेको छ ।
मनाङको प्रदेश १ मा कांग्रेसका मुनिन्द्रजंङ गुरुङ विजयी भएका छन् ।
प्रदेश २ मा स्वतन्त्रका उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका थिए ।
Published : Monday, 2022 November 21, 9:14 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया