खुमबहादुरका छोरा अनुरागले कति मत पाए ? मेटमणिले शान्तालाई पछाडि पारे

काठमाडौं । दाङ क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मेटमणि चौधरीले अग्रता लिएका छन् ।

सोमबार लमहीस्थित नगरपालिकाको कार्यालयमा जारी मतगणनामा मेटमणिले १६१ मतसहित प्रारम्भीक अग्रता लिएका हुन् ।
एमालेकी उम्मेदवार शान्ता चौधरीले १०५ मत पाएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७३ मत पाएको छ । राप्रपाले ४, हाम्रो नेपाली दलकी उम्मेदवार गंगा चौधरीले ५, रेशम चौधरीको नागरिक पार्टी १९, कुखुराको भाले चुनाव चिन्हले २, क्रस खुकुरीले १ मत पाएका छन् ।

५ सय मत गन्दा ३० वटा मत बदर भएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मदवार अनुराग खड्काले २२४ मत पाएका छन् । खड्का कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा हुन् ।

एमालेका उम्मेदवार कुलबहादुर केसीले २०५ मत पाएका छन् ।

प्रदेश सभा क्षेत्र नं. १ एमालेका गंगाराम भट्टराईले १८९ मत पाएर अग्रता लिएका छन् ।

माओवादी केन्द्रका नेता ईन्द्रजित चौधरीले १३७ मत पाएका छन् ।

Published : Monday, 2022 November 21, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया