सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा नगद र चेकसहित पक्राउ, धुलाइ पनि भेटे

काठमाडौं । सिन्धुपाल्चोकको क्षेत्र नं. २ को प्रदेश सभा (१) सिपापोखरीमा एमालेका प्रदेश सभाका उम्मेदवार अमानसिंह तामाङको छोरा छत्र तामाङले पैसा बाँड्दै गरेको अवस्थामा नगदसहित पक्राउ परेका छन् ।

स्थानीय मतदाताहरुले छत्र तामाङलाई शनिबार दिउँसो रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । छत्र तामाङसँग स्थानीयले नगद करीव साढे १ लाख र चेकहरु बरादम गरेका छन् ।

स्थानीयले ईन्द्रावती गाउँपालिकाको वडा नं. ७ स्थित सिपापोखरीमा नियन्त्रणमा लिएका हुन् । स्थानीयले एमालेका उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङलाई करीव साढे १ लाख नगदसहित गाडीबाट नियन्त्रणमा दिएको रिपब्लिका दैनिकलाई प्राप्त भिडियोमा उल्लेख छ ।

स्थानीयले छत्र तामाङले ज्यामिरेमानेमा पैसा बाँडेर आउने क्रममा नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

चुनाव जित्न पैसा बाँडेको थाहा पाएपछि आक्रोशित भएका स्थानीयले एमालेका नेता छत्र तामाङको गाडीमा समेत सामान्य तोडफोड गरिदिएका छन् ।

आक्रोशित स्थानीयले छत्र तामाङलाई सामान्य रुपमा धक्का मुक्का समेत गरेका छन् ।

एमालेका उम्मेदवारहरुले काठमाडौंसहित देशका विभिन्न स्थानमा मतदातालाई प्रभावित बनाउन पैसा बाँड्न हर्कत गरिरहेका बेला सिन्धुपाल्चोकको क्षेत्र नं. २ को प्रदेश सभा १ तर्फ पनि एमालेलेका उम्मेदवारले पैसा बाँडेको रहस्य बाहिर आएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता युवराज दुलाल तथा २ मा कांग्रेसका कृष्णकुमार तामाङ उम्मेदवार छन् । एमालेबाट प्रतिनिधि सभामा शेरबहादुर तामाङ उम्मेदवार छन् । एमालेले निर्वाचन जित्न पैसा बाँडेर मतदाता प्रभावित बनाउन खोजेको छ ।

Published : Saturday, 2022 November 19, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया