कमजोर एमालेको कर्तुत् २ घण्टा पनि टिक्न सकेन, कांग्रेस-माओवादीले नाङ्गेझार बनाए

काठमाडौं । एमालेका केही भाडाका टट्टुहरुले मतदान गर्ने समयभन्दा एकदिन अगाडि अनलाईन मिडियाको दुरुपयोग गरेर भ्रामक समाचार बनाएर सम्प्रेषण गरेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रसहित संघ संस्थाले भर्त्सना गरेका छन् ।

शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्यसचिवहरुले संयुक्त विज्ञप्ति जारी गरेर भ्रामक र दुराशयपूर्ण समाचारप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा
(माओवादी केन्द्र)बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठवन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।’

कांग्रेस र माओवादीले भनेका छन्, ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ ।’

‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा बिश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो ।’

‘यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कार्वाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं’, कांग्रेस र माओवादीले माग गरेका छन् ।

‘अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानूनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमा कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकाल ले हस्ताक्षर गरेका छन् ।

एमाले समर्थक केही पत्रकार र साईबर सेनाले कांग्रेस र माओवादीबीच विभाजन हुने खालका समाचार केही राष्ट्रिय अनलाईनहरुको फोटोसप गरेर समाचार बनाइ फेक समाचार सम्प्रेषण गरेका थिए ।

Published : Saturday, 2022 November 19, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया