ईमान्दार कांग्रेस दायाँबायाँ गर्न मिल्दैन, गठबन्धनलाई भोट दिएर जिताउनुपर्छ : बलदेव शर्मा

घोराही । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बलदेव शर्मा मजगैयाँले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई ईमान्दारिताका साथ मतदान गर्न अनुरोध गरेका छन् ।

घोराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा नेता शर्माले कांग्रेस हुँभन्नेले पार्टीको नीतिलाई मान्नुपर्ने बताए । ‘कांग्रेसको ईमान्दार कार्यकर्ताले पार्टीको नीति र निर्देशनलाई पालना गर्नुपर्छ’, पूर्वमन्त्री समेत रहेका नेता शर्माले भने, ‘मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठगबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउनुपर्छ ।’

नेता शर्माले कांग्रेसको कार्यकर्तालाई दायाँबायाँ गर्ने एक ईन्च पनि छुट नरहेको बताए ।

कुनै असन्तुष्टि छभने पार्टीभित्र हिसाब किताब खोज्नुपर्ने बताएका नेता शर्माले चुनावको बेला तिक्तताहरु भुलेर आधिकारिक उम्मेदवारलाई मतदान गरेर विजयी बनाउनुपर्ने बताए ।

विगतमा एमालेले जितेका कारण कांग्रेस र कांग्रेसका नेता कार्यकर्तालाई ठूलो नोक्सान भएको बताएका शर्माले आन्दोलनका उपलब्धी बचाउन लोकतान्त्रिक वाम गठबन्धन बनाउनुपरेको बताए ।

कार्यक्रममा दाङ २ पदेश सभातर्फ १ का उम्मेदवार एवम् लुम्बिनी कांग्रेसका उम्मेदवार राजु खनाल, दाङ कांग्रेसका सभापति शंकर डाँगी, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटा, पूर्वसभापति वीरकेश्वर गौतम, लुम्बिनी प्रदेशकी समानुपातिकतर्फकी उम्मेदवार लीला नेपाली, पुष्पा श्रेष्ठ, सहसचिव बालिका लम्साललगायतका अगुवा नेताहरुको उपस्थिति थियो ।

Published : Sunday, 2022 November 13, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया