घोराहीमा एमालेका मेयर नरुलालले अटो रिक्सामाथि दोहोरो कर लगाएर हैरान बनाए
घोराही । घोराही उपमहानगरपालिकाले अटो रिक्साहरुसँग दोहोरो कर उठाएर गरिव मजदुरहरुको ढाड सेक्ने काम गरेको गुनासो आएको छ ।
अटो रिक्सा सञ्चालक र मजदुरहरुले घोराही उपमहानगर र यातायात कार्यालयले आफूहरुसँग दोहोरो कर लिने गरेको बताए । राज्यका कुनै पनि अंगले नागरिकसँग दोहोरो कर लिन पाइँदैन ।
मेयरमा निर्वाचित भएका नरुलाल चौधरी एमालेका नेता हुन् । उनी दोस्रो पटक निर्वाचित भएका छन् । नरुलालले अटो रिक्सामाथि निकै ज्यादती गरेका हुन् । घोराही उपमहानगरपालिकामा करिव १ हजार अटो रिक्सा सञ्चालनमा छन् ।
घोराहीको सिटी प्लाजा होटेलमा आइतबार लोकतान्त्रिक वाम गठबन्धनसँगको अन्तरक्रियामा अटो रिक्सा सञ्चालक र मजदुरहरुले आफूहरु करको दोहोरो मारमा परेको बताए ।
उनीहरुको माग सुनेपछि नेपाली कांग्रेस लुम्बिनीका उपसभापति एवम् दाङ क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार राजु खनालले दोहोरो करबाट छुटकारा दिन आफूले पहल लिने आश्वासन दिए । उनले कानूनमा समस्या रहेछ भने पनि कानून संशोधन गरेर अटो रिक्साका मालिक र मजदुरका समस्या सम्बोधन गर्ने बताए ।
अटो रिक्सा सञ्चालकहरुले घोराही उपमहानगरपालिकाको विशेष गरेर १४ र १५ नम्बर वडामा आफूहरुलाई पार्किङको निकै ठूलो समस्या रहेको गुनासो गरेका छन् ।
उपमहानगरपालिकाले आफूहरुसँग चर्को कर उठाएर पार्किङको व्यवस्था नगरिदिएको बताए ।
पार्किङको समस्याले गर्दा ट्राफिक प्रहरीले १ हजार रुपियाँसम्म जरिवाना लगाउने गरेको मजदुर र सञ्चालकहरुले गुनासो गरेका छन् । अटो रिक्साबाट ट्राफिक प्रहरीले दैनिक रुपमा करिव ३० देखि ३५ हजारसम्म जरिवाना लिने गरेको गुनासो आएको छ ।
कार्यक्रममा दाङ क्षेत्र नं. २ कि प्रतिनिधि सभातर्फकी उम्मेदवार एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले अटो रिक्सा सञ्चालक र मजदुरका समस्या समाधानका लागि आफूहरु प्रतिवद्ध रहेको बताइन् । उनले कांग्रेस र माओवादीका उम्मेदवारहरुलाई मतदान गरेर जिताएपछि समस्याको समाधान गर्ने बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया