मनाङमा एमालेद्धारा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङमाथि आक्रमण, थुप्रै नेता कार्यकर्ता घाइते
चामे । एमालेका नेता कार्यकर्ताले मनाङ जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार एवम् केन्द्रीय सदस्य टेकबहादुर गुरुङमाथि सांघातिक हमला गरेका छन् ।
चुनाव प्रचार प्रसारका लागि नार्पाभूमि गाउँपालिकामा घरदैलोमा खटिएका नेता गुरुङमाथि आक्रमण भएको हो ।
कात्तिक २५ गते शुक्रबार नार्पाभूमि गाउँपालिकाको नार गाउँमा घरदैलो कार्यक्रम सकेर नार गेस्ट हाउसमा बास बसेका बेला प्रतिनिधि सभाका उम्मेदवार गुरुङमाथि एमालेका नेता तथा कार्यकर्ताले आक्रमण गरेको मनाङ कांग्रेसले जनाएको छ ।
मनाङमा एमालेका प्रतिनिधि सभाका उम्मेदवार पोल्देशछोपाङ गुरुङको निर्देशनमा होटल कम्पाउण्डभित्र प्रवेश गरेर ढुंगामुढा र चिर्पटले कांग्रेस नेता गुरुङसहितका नेतामाथि आक्रमण भएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताएका छन् ।
आक्रमणमा नार्पाभूमि गाउँपालिका उपाध्यक्ष मेङमार फुन्चो लामासहित १८–२० जना घरेलु हतियार र लाठ्ठी लिएर आएका थिए । उनीहरु होटलको कम्पाउण्डभित्र प्रवेश गरी कांग्रेस नेता गुरुङ बसेको कोठालाई लक्षित गरी ढुंगामुढा बर्साएका थिए ।
एमालेको प्रहारबाट वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका होटल सञ्चालक फुर्पा ठेले लामा घाइते भएका छन् । लामाले आक्रमणकारी एमालेका कार्यकर्ता र नेताहरुलाई सम्झाउन जाँदा ढुङ्गा, चिर्पटसहितका घरेलु हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छन् ।
वडाध्यक्ष एवम् कांग्रेस नेता लामाको टाउकोमा २२ टाँका लगाइएको छ । वडाध्यक्ष लामासहित ३ जना घाइते भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
मनाङमा कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र एमालेका पोल्देनछोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।
कांग्रेस नेता गुरुङलाई लोकतान्त्रिक वाम गठबन्धनको समर्थन छ । गुरुङको पक्षमा मतदाताको समर्थन देखेपछि एमाले मनाङमा आत्तिएर आक्रमणमा उत्रिएको छ ।
अघिल्लो निर्वाचनमामा एमालेले मनाङमा जितेको थियो । मनाङ गुम्ने डरले एमाले हिंस्रक बनेको कांग्रेसको भनाइ छ ।
मतदानको दिन आउन केही दिन मात्रै बाँकी रहेका बेला एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङको निर्देशनमा छापामार शैलीमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङमाथि मध्यरातमा आक्रमण भएपछि एमालेको कालोकर्तुत उदाङ्गो भएको छ ।
नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले आक्रमणको नेतृत्व गरेका मेङमर फुन्चो लामा एमालेबाट निर्वाचित नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष हुन् ।
मनाङ कांग्रेसले एमालेका आक्रमणकारीहरुलाई कारबाही गर्न माग गरेर प्रहरी प्रशासनमा उजुरी दिने तयारी गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया