दाङको राप्ती गाउँपालिकाद्वारा नौँजनालाई क्षतिपूर्ति दिने
मसुरिया । दाङको राप्ती गाउँपालिकाले हावाहुरी र आँधीबाट क्षति पुगेका नौजना स्थानीयको घरमूलीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाको मुख्यालय मसुरियामा आइतबार बसेको विपद व्यवस्थापन अन्तर्गत कोष व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले ९ जना स्थानीयलाई राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
चैत, वैशाख र जेठमा आएका आँधी हुरीले ९ जना स्थानीयको घर तथा व्यवसायमा क्षति पुर्याएको थियो ।
बैठकले विपद व्यवस्थापनका लागि उद्धार सामाग्री खरिद, विपद पूर्व चेतावनी सूचनाका लागि सम्वन्धित निकायसंग समन्वय गर्ने, रेडक्रस, सुरक्षा निकायसंग समन्वय गर्ने, विपद पूर्व तयारीका वारेमा जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
समितिको बैठकमा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, रिपुमर्दिनी गण लमहीका सेनानी सुरेन्द्रबहादुर चन्द, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्र पाण्डे, ज्वालामाई गण भालुवाङ प्रहरी निरीक्षक समिर गौतम, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बेदप्रसाद चौधरी, रेडक्रस सोसाइटीका उत्तमकुमार अधिकारी, समितिका सदस्य सचिव गिरधारीप्रसाद पन्त, शाखा प्रमुख रेशमराज अधिकारी र सञ्चार संयोजक तीर्थराज ज्ञवालीको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत