कांग्रेसले यी पाँच नेताहरूको नाम अभिलेखबाटै हटाइदियो
काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता र तिनका समर्थक एवम् प्रस्तावकलाई कारबाही गरेको छ ।
कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर ५ जना नेतालाई अभिलेखबाटै नाम हटाउने गरेर कारबाही गरेको छ ।
कांग्रेसले रामकुमार राई, क्षेत्रीय सभापति क्षेत्र नं. २ उदयपुर, उनका प्रस्तावक लीलाराज दनुवार
(क्षेत्रीय प्रतिनिधि) र समर्थक मीनकुमार दाहाल (क्रियाशील सदस्य)लाई कारबाही गरेर हटाएको छ ।
जयप्रसाद सुवेदी, क्षेत्रीय प्रतिनिधि, उदयपुर, उनका प्रस्तावक भरत कार्की (प्रदेश अधिवेशन प्रतिनिधि)लाई पनि कारबाही गरिएको छ ।
‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘त्यस्ता वागी, उनका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइनेछ’, कांग्रेसले भनेको छ ।
‘तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिन समेत निर्देश गरिन्छ’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया