जनताले दिएको दुईतिहाई ओलीलाई पचेन, कांग्रेस हार्दा देश हार्ने अवस्था भयो : अर्जुन नरसिंह केसी

बिदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

नुवाकोट–२ मा प्रतिनिधि सभाका उम्मेदवार नेता केसीले बुधबार बिदुर नगरपालिका–९ मा आयोजित चुनावी कार्यक्रममा केपी ओलीले संविधान नै च्यात्ने प्रयास गरेपछि संविधान बचाउन गठबन्धन गर्नु परेको बताए । उनले एमालेको संविधान र लोकतन्त्र विरोधी कार्यबाट मुलुक बचाउन सत्तागठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताए ।

तत्कालीन समयमा मतदाताले ओलीलाई झण्डै दुईतिहाईको बहुमतको प्रधानमन्त्री बनाइदिएको बताएका कांग्रेस नेता केसीले सरकार चलाउन नसकेपछि कांग्रेसले मुलुक सम्हाल्नुपरेको बताए ।

नुवाकोटको विकास र समृद्धिका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन उनले आग्रह गरेका छन् । नेता केसीले नुवाकोटमा हालसम्म भएका विकास कांग्रेसले गरेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् नुवाकोट–२ को प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार बहादुरसिंह लामाले नुवाकोटको विकासमा आफूहरूको योगदान रहेको बताए । उनले नुवाकोटका जनताले सत्तागठबन्धनलाई जिताएर संविधानको रक्षा र समृद्धिको बाटो देखाउनुपर्ने बताए ।

नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरे । उनले २०७४ को निर्वाचनमा कांग्रेसले हार्दा मुलुकले नै हार्नुपर्ने अवस्था आएको बताए ।

नुवाकोट–२ मा कांग्रेसका अर्जुन नरसिंह केसी प्रतिनिधि सभा र प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका रामप्रसाद ढुंगाना र २ मा कांग्रेसका बहादुरसिंह लामा उम्मेदवार छन् ।

उनीहरूले आफ्नो चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिबैता दिएका छन् ।

नुवाकोटकामा दुबै क्षेत्र र ६ वटा प्रदेश सभामा सत्तागठबन्धनले जितेर रेकर्ड बनाउने मतदाताहरूको भनाइ छ ।

Published : Wednesday, 2022 November 9, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया