मोरङमा कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारको निधन

विराटनगर । मोरङमा नेपाली कांग्रेसका प्रदेशसभातर्फका उम्मेदवारको निधन भएको छ ।

मोरङको ३ ‘१’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा उम्मेदवार बनेका कांग्रेस नेता ५८ वर्षीय शेखरचन्द्र थापाको निधन भएको हो ।

उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको आफन्तले जनाएका छन् ।

निमोनियाका बिरामी रहेका एक महिनादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

उनलाई विशेष उपचार कक्षमा अक्सिजन दिएर उपचार गरिएको थियो ।

उम्मेदवार थापा प्रदेश १ मा गठबन्धनको सरकारका वन वतावरण तथा भू–संरक्षण मन्त्री पनि हुन ।

उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रदेश सांसद बनाएको थियो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका थापा उम्मेदवारी दर्ता गराएकै दिनदेखि बिरामी परेका थिए ।

उनलाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाले सिकिस्त भएपछि उम्मेदवार थापालाई थप उपचारका लागि हेलिकेप्टर चार्टर गरेर काठमाडांै लगिएको थियो ।

काठमाडौंमा उपचार भएपछि उनलाई बेडरेस्टका लागि उनकै इच्छानुसार पुनः विराटनगरको नोबेल अस्पतालमा ल्याइएको थियो ।

२०५७ देखी कांग्रेस पार्टीको सक्रिय राजनीतिमा सहभागी भएका थापाले ८ वर्षसम्म स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निजी सहयोगी बनेर योगदान गरेका थिए ।

Published : Wednesday, 2022 November 9, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया