सत्तागठबन्धनले जित्नुपर्छ, होइन भने एमालेको निरंकुशता आउँछ : डा.महत
बारा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।
सिमरामा आयोजित पत्रकार सम्मेलनमा डा.महतले चुनाव हुँदैन भन्नेहरूले समेत मंसिर ४ गते भोट हाल्न पाउने बताए ।
कांग्रेस अन्य दलका नेता जस्तो धेरै नबोली थोरै बोल्ने र प्रचार नचाहने पार्टी भएको उनले बताएका छन् ।
डा.महतले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले जम्मा ५ मिनेट बोल्ने र ओली जस्तो धेरै बोल्ने नभई काम गर्ने गरेको भए पनि कांग्रेसले आफैंले गरेको कामको प्रचार नगर्ने तर, अरु गर्ने गर्दा कांग्रेसको चर्चा बढि नभएको हो ।’
बारामा ४ क्षेत्र छन् । १ बाहेक तीन क्षेत्र गठबन्धनलाई छाडेकाले गठबन्धनका उम्मेदवार नै कांग्रेसका आधिकारिक उम्मेदवार भएकाले दायाँबायाँ नगरी मत दिनुपर्ने उनले आग्रह गरेका छन् ।
उनले भने, ‘अहिले देशभरि नै गठबन्धन भएकोले बारा–४ मा उम्मेदवार छैन् भनेर दुःख मान्नुपर्ने अवस्था नरहेकोले किसान श्रेष्ठ, जितेन्द्र सोनाल र अनिल श्रेष्ठ नै कांग्रेसको उम्मेदवार भएकोले खुलेर सहयोग गर्नुपर्छ ।’
डा.महतले समानुपातिक निर्वाचनतर्फ भने कांग्रेसको रुख चिन्हमा नै मतदान गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
एमालेले जनतालाई ललिपप देखाएर फकाउने गरेको उनले बताएका छन् ।
डा.महतले एमालेले धेरै सपना देखाएको तर, एउटै काम पूरा नगरेको आरोप लगाएका छन् ।
यसैबीच, कांग्रेस प्रवक्ता डा.महतले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोयको परिधिभित्र रहेर आफ्ना उम्मेदवारलाई बाटो खर्चभन्दै ७ करोड २२ लाख बाँडेको दाबी गरेका छन् ।
उनले निर्वाचन आयोगले तोकेको आचारसंहिताको दायराभित्र रहेरै रकम बाँडिएको बताए ।
‘कांग्रेसले हरेक कुरा पारदर्शी र सुशासनको परिधिभित्र रहेर मात्र गतिविधि गरिरहेको छ, कानूनी शासन र सुशासनका लागि कांग्रेस कम बोलेर धेरै काम गर्ने पार्टी हो’, एमालेका अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारतर्फ संकेत गर्दै उनले भने, ‘ओली नेतृत्वको सरकारजस्तो भ्रष्टाचार र भद्रगोल अवस्थामा कांग्रेस नेतृत्वको सरकार चलेको छैन ।’
२०७४ सालको निर्वाचनजस्तो आफ्नो पार्टीले धेरै उम्मेदवार उठाएर थोरै सिट जितेजस्तो नगरी यसपटक थोरै उम्मेदवार बनाएर धेरै सिट जित्ने रणनीति अपनाएको डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया