एमालेका उम्मेदवारकै भतिज ठूलो शक्तिसहित कांग्रेसमा प्रवेश, मीनकृष्णद्वारा ललितपुरमा स्वागत
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मतदान गर्ने समय करीव २ हप्ता बाँकी रहेका बेला ललितपुरमा एमालेका उम्मेदवारकै नातेदारहरू पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
ललितपुर–१ प्रदेश सभा २ तर्फ उम्मेदवार बनेका एमालेका उम्मेदवारका भतिजा एवम् बागमती गाउँपालिका–५ इकुडोल वडा कमिटीका उप–सचिव सुमन संजेल कांग्रेसमा प्रवेश गरेका हुन् । संजेलसँगै युथ फोर्सका क्षेत्रीय सदस्य सरोज तामाङ, युथ फोर्सका गाउँ कमिटीका अध्यक्ष अजय तामाङ लगायत १० जना युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई लोकतान्त्रिक–बामगठबन्धनका प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।
कांग्रेसमा प्रवेश गरेका संजेल एमालेका प्रदेश सभाका उम्मेदवार चेतनाथ संजेलका भतिज हुन् ।
कांग्रेस प्रवेश गर्ने क्रममा युवा नेता संजेलले भने, ‘एमालेका प्रदेश सभाका उम्मेदवार चेतनाथ संजेल मेरो काका हुनुहुन्छ ।
उहाँले चुनाव जितेर गएपछि जनतासँग गरेको विकासको प्रतिवद्धता पूरा गर्न सक्नु भएन । कुनै विकासको काम गर्न सक्नुभएन । सधैँ झुठको खेती गर्नुभयो । त्यही भएर एमाले छाडेर म कांग्रेसमा प्रवेश गरेको छु ।’

युवा नेता संजेलले कांग्रेसका उम्मेदवार एवम् नेता मीनकृष्ण महर्जनसंग प्रभावित भएर कांग्रेसमा प्रवेश गरेको बताए ।
संजेलले भने, ‘मीनकृष्ण महर्जनलाई बिगत २० वर्ष अगाडि देखि राम्रोसंग चिन्छु । उहाँ विकासप्रेमी नेता हो ।’
‘उहाँले कसैलाई दुःख पर्दा होस् वा समस्या पर्दा होस् कुनै हिचकिचाहट नमानेर सहयोग गर्नुहुन्छ’, संजेलले भने, ‘अब यो प्रदेशमा विकास र विकासको निम्ति मीनकृष्ण महर्जनको विकल्प छैन ।’
वडा नं. ३ का एमालेका बुद्धिलाल स्याङ्तान, जीतलाल स्याङ्तान, निर्मला स्यान्तान, सुवास स्यान्तान, सृजना स्यान्तानसहित १२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
यतिखेर ललितपुर क्षेत्र नम्बर १ प्रदेश १ र २ मा सत्तागठबन्धनको माहोल निकै राम्रो देखिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया