देउवाद्वारा सुदूरपश्चिममा मुख्यमन्त्रीको घोषणा, ओलीले संसद २ पटक संसद भंग गरेपछि गठबन्धन
डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको बताएका छन् ।
आइतबार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा देउवाले सत्तागठबन्धनको अभियान सफलताका साथ अघि बढिरहेको बताए ।
देउवाले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो लहडमा पटक पटक संसद विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताए ।
‘अहिलेको सरकार गठबन्धनको सरकार हो’, देउवाले भनेका छन्, ‘गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’
सभापति देउवाले वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन विजयी हुन आवश्यक रहेको बताएका छन् ।
देउवाले एमालेका अध्यक्ष ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको बताए । ‘संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले’, सभापति देउवाले भनेका छन्, ‘संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।’
डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको देउवाले बताएका छन् ।
देउवाले आलितालभित्री मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने बताएका छन् ।
‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ’, देउवाले भने, ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छाैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भए पनि बनाउनेछु ।’
सभापति देउवाले प्रदेश सभातर्फ उम्मेदवार बनेका माओवादी केन्द्रका नेता खगराज भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । उनले भट्टलाई डडेल्धुराका मतदाताले जिताएमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न सक्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताइन् ।
‘संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ’, उनले भनिन्, ‘संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।’
सत्तागठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘१’ का उम्मेदवार माओवादी केन्द्रका नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राखेका थिए ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया