भारत जाँदा लिपुलेकबारे डरले चुइक्क नबोल्ने ओलीको हर्कतको डा.महतले यसरी खुइल्याए
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली भूमिका विषयमा गरेको टिप्पणीको आलोचना गरेका छन् ।
शनिबार धनगढीमा नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय प्रचार प्रसार उप–समितिको कार्यक्रममा बोल्दै डा.महतले नेपालको भूमि फिर्ता ल्याउने विषयमा ओलीजी सम्बन्धित निकायमा बोल्नै नसक्ने आरोप लगाए ।
उनले भने, ‘ओलीजीले लिम्पियाधुरा, लिपुलेकको भाषण गर्नु हुन्छ । त्यो हाम्रै थियो । त्यसमा दुईमत नै छैन ।’
‘हामीले पनि समर्थन ग¥यौं । कुरो मात्रै गर्नुभयो । भारत जाँदा चुक्क पनि बोल्नु भएन’, प्रवक्ता डा.महतले भने, ‘जहाँ बोल्नु पर्ने हो त्यहाँ बोल्नु भएन । अहिले पनि चुनाव आएपछि हिजो मात्रै दार्चुला गएर हुँकार गर्नुभयो ।’
उनले भने, ‘यो चाहिँ लिएरै छोड्छु, छोड्दै छोड्दैन । अहिले चुनाव आयो । त्यो कुरा सर्वसम्मतले भन्न सक्नु प¥यो नि !’
‘ओलीजी भारत जाँदा चुइक्क बोल्नुभएन’, प्रवक्ता डा.महतले भने, ‘उहाँ असफल हुनुभयो । ५ वर्षको लागि चुनिएको साढे ३ वर्षमै उहाँले हात उठाएर ओलीजीले एक पटक होइन, दुई पटक संसद विघटन गरिदिनुभयो ।’
उनले भने, ‘अरुलाई मिलाउन त कहाँ हो कहाँ ? आफ्नै पार्टीलाई समेत मिलाउन नसकेर एउटा पार्टी तीन वटा भयो । नेकपा फुटेर एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बन्यो ।’
‘सबैले अब नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्छ । सबैले आएर शेरबहादुर देउवालाई तपाईले अब नेतृत्व लिनुपर्छ भन्नुभयो’, डा.महतले भने, ‘उहाँले पहिला मान्नुभएको थिएन । संविधान दुःख गरेर बनाइयो । संविधान जोखिममा पर्ने भयो ।’
‘ओलीजीले देशलाई उल्टो गतिमा लानुभयो । हामीसँग बहुमत नपुग्दा पनि उहाँहरूले समेत समर्थन गरेर बहुमत गरेर हामीले सरकार बनायौं’, उनले भने, ‘तीन महिनासम्म कोरोनाका बेला जनतालाई घरभित्र थुनेर राख्नुभयो । उहाँहरू कमिशनको चक्करमा औषधि ल्याउने कहाँ हो कहाँ ? कसले बढि कमिशन दिन्छ भनेर त्यसकै खेलामा लाग्नुभयो । धेरै नागरिकले ज्यान गुमाउनु पर्यो ।’
उनले भने, ‘शेरबहादुर देउवाको सरकार आएपछि तत्काल भ्याक्सिन किनेर ल्यायौं । विश्वले पनि पत्यायो । केही अनुदान पनि आयो । कमिशनतन्त्र बन्द भयो । हामी भएको कुरा बिर्सन्र्छौं । नभएको कुरा सम्झिन्छौं ।’
पूर्व विदेशमन्त्री समेत रहेका प्रवक्ता डा.महतले भने, ‘विदेश नीति अस्तव्यस्त छ । ओलीजीको पालामा विदेश नीति कहिले उत्तर फर्किएको छ, कहिले दक्षिण फर्किएको छ, कहिले आकाशतिर फर्किएको छ । यहाँ धेरै कुरा गर्ने होइन ।’
‘सम्बन्धित ठाउँमा तर्कसहित, आधारसहित, न्यायसँगत कुरा गर्नुपर्छ । के हो ? नेपालको विदेशको नीति भनेर विदेशी डेलिगेशन आए’, उनले भने, ‘उत्तरले आशंका गर्ने, दक्षिणले आशंक गर्ने, पश्चिमले आशंक गर्ने । त्यो अवस्था आयो । नेपालको स्वार्थलाई केन्द्रमा विन्दुमा राखेर हामीले विदेश नीति अगाडि बढायौं ।’
उनले भने, ‘म जे चाहन्छु त्यही नै जनताको भलो हुन्छ भन्न थाल्नुभएको थियो । उहाँभन्दा अलग विचार कसैले पार्टीभित्र कसैले राख्यो भने त्यसलाई सकिदिनु हुन्थ्यो । त्यो भनेको निरंकुशतावादी, अधिनायकवादी हो । जब नेतालाई म नै जान्ने र बुझ्नेछु भन्ने लाग्छ । तिमीहरू केही पनि होइनौं भन्ने लाग्छ त्यो भनेको निरंकुशता हो ।’
उनले भने, ‘ओलीजीबाट यो देश अगाडि बढ्दैन भन्ने सावित भइसक्यो । त्यसमाथि उहाँले ५ वर्षको लागि जिम्मेवारी लिएको, साढे ३ वर्षमा हात उठाएपछि, फेरि म चलाउँछु भनेको कुरा पत्याउनेछ ? रोजाइ त स्पष्ट छ नि ? त्यत्रो बहुमत दिँदा गर्न नसक्नेले अब चलाउन सक्नु भन्दा पत्याउने कुरा हो ?’
‘अहिलेको आवश्यक्ता भनेको सबैलाई मिलाउने हो । जोड्ने नेतृत्वको आवश्यक्ता हो । तोड्ने आवश्यक्ता होइन’, उनले भनेका छन् ।
‘ओलीजी दुई घण्टा बोल्नु हुन्छ । हाम्रो पार्टी सभापति ५ मिनट पनि बोल्नु हुन्न । थोरै बोल्नु हुन्छ खुरुखुरु काम गर्नु हुन्छ । कतिलाई के भ्रम छ भने बोल्न सक्दैनन्, के हो ? के हो ? काम गर्नेहरूले धेरै बोल्दैनन् । जसले काम गर्दैन त्यसले धेरै बोल्छ’, प्रवक्ता डा.महतले भनेका छन् ।
‘कांग्रेस नेतृत्वको सरकार बन्यो भने विकास अगाडि बढ्छ । लगानी बढाउनुपर्छ । लगानीको वातावरण बनाइदिनुपर्छ । त्यसपछि रोजगारी बढ्छ’, उनले भनेका छन् ।
प्रवक्ता डा.महतले खेलकुद क्षेत्रलाई मंसिर ४ गतेपछि बन्ने कांग्रेसको सरकारले विशेष महत्व दिएर सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रले चुनावमा गरेको कार्यको प्रशंसा गरेका छन् ।
कांग्रेस नेता एवम् उप–समितिका संयोजक कर्माछिरिङ शेर्पाले सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन खेल क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया