प्रचण्ड गोरखा जानुको कारण गृहमन्त्री खाणले खोले
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले कांग्रेससहितको ५ दलीय गठबन्धन सत्तामा पुगेर प्रधानमन्त्री र मन्त्री बन्नका लागि नभएर मुलुकको विकासका निम्ति बनेको बताएका छन् ।
माओवादी केन्द्र निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै खाणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताए ।
रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नेता खाणले पाँच दलीय गठबन्धनसँग जनताले ठूलो आशा र भरोसा राखेको बताए ।
नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमूल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नुपर्ने उनले बताएका छन् ।
माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा अघि बढाइ राजतन्त्रलाई हटाउन तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको खाणले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई निर्वाचनमा घेराबन्दी गरी पराजित गर्न स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएको उनले बताए । सो सूचना आफूले दाहाललाई जानकारी गराएको बताएका छन् ।
पाँच दलीय गठबन्धनकै प्रस्तावमा दाहाललाई गोर्खाबाट निर्वाचनमा प्रतिस्पर्धा गराइएको गृहमन्त्री एवम् कांग्रेस नेता खाणले बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया