सत्तागठबन्धनका उम्मेदवार जिताउन डा.महतको निर्देशन, पोखरामा खेलकुद उप-समितिको भेला
पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेल्न निर्देशन दिएका छन् ।
मंगलबार पोखरामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय प्रचार प्रसार उप– समितिको भेटघाट तथा छलफलमा डा.महतले सत्तागठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेससहित सत्तागठबन्धनले जित्नुपर्ने बताए ।
डा.महतले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा मुलुकमा पुनः अधिनायकवादको उदय हुन सक्ने जनाएका छन् ।
उपसमितिका संयोजक कर्माछिरिङ शेर्पाले खेलकुद क्षेत्रलाई कांग्रेसले पहिलो पटक भूमिका दिएको भन्दै सत्तागठबन्धनको पक्षमा प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रौला, गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य उमेशजंग रायमाझी, नेतृ सरस्वती गुरुङलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया