उत्पात गरेपछि एमालेका सूर्य थापा र जुली महतोलाई खतरा, पुर्जीले खैलाबैला
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका एमालेका दुई जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ ।
आयोगको विज्ञप्तिअनुसार प्यूठानबाट उम्मेदवारी दिएका सूर्यबहादुर थापा क्षेत्री र धनुषा–३ बाट तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएकी जुलीकुमारी महतो (महासेठ)सँग स्पष्टीकरण सोधिएको छ ।
आयोगले प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमालेका थापालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचार–प्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले उल्लेख गरेको छ ।
‘तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
थापालाई स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’
निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको आयोगले उल्लेख गरेको छ ।
यसैबीच, आयोगले धनुषा–३ मा एमालेका तर्फबाट प्रतिनिधि सभातर्फ उम्मेदवार रहेकी महतोलाई स्पष्टीकरण सोधेको छ ।
तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो आयोगमा प्राप्त भएको हुँदा आयोगले स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख छ ।
आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणअन्तर्गत उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था छ ।
आयोगले भनेको छ, ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने व्यवस्था छभन्ने रहेकोमा तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको आयोगले ठहर गरेको छ ।’
‘तपाईं नेकपा (एमाले) को तर्फबाट धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नु भएको देखिएको हुँदा यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफँै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?’, आयोगले भनेको छ ।
‘आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदा हुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया