सत्तागठबन्धनले देशभरि अधिकांश क्षेत्र जित्ने आरजु राणाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनले ९५ प्रतिशत सीटमा जित्ने बताएकी छिन् ।

आइतबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राणाले सत्तागठबन्धनको पक्षमा राम्रो वातावरण बन्दै गएका कारण गठबन्धनको जित हुने बताइन् ।

‘म यहाँ छठ मनाउन र गठबन्धनको उम्मेदवारलाई जिताउन जनकपुर आएको हुँ’, उनले भनेकी छिन्, ‘मलाई यहाँको कल्चर धेरै मन पर्छ । त्यही भएर यहाँ सरिक हुन आएको हो ।’

नेत राणाले सबैतिर मिलेर गएकाले दलहरूबीच भोट सहजै ट्रान्सफर हुने बताइन् ।

‘गठबन्धनले ९५ प्रतिशत जित्नेमा ढुक्क छु’, कांग्रेस नेतृ राणाले भनेकी छिन्, ‘हामी सबैतिर मिलेर गएका छौँ ।’

उनले भनेकी छिन्, ‘बागी उम्मेदवारी दिएकाहरूले पनि फिर्ता लिइसक्नुभएको छ ।’

‘भोट ट्रान्सफरको विषयमा पनि साथीहरू वडा वडासम्म मिलेर लाग्नुभएको छ’, उनले भनिन्, ‘त्यसैले आशावादी छु । सत प्रतिशत त चुनावमा कहिले पनि भन्न सकिन्नँ ।’

कांग्रेस नेतृ राणाले निर्वाचनमा सतप्रशित जित्न नसकिनेभन्दै गठबन्धनले अधिकांश स्थानमा जित्ने बताइन् ।

छठ पर्व मनाउन जनकपुर आएकी नेतृ राणालाई कांग्रेस नेता विमलेन्द्र निधि, सहमहामन्त्री महेन्द्र यादवलगायतले स्वागत गरेका थिए ।

Published : Sunday, 2022 October 30, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया