विश्वप्रकाशलाई देखेपछि ओली झस्किए, कांग्रेसका कुराले बोल्न सकेनन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच अचानक जम्काभेट भएको छ ।
शुक्रबार झापाको भद्रपुर विमानस्थलको अति विशिष्ट कक्षमा शर्मा र ओलीबीच भेट भएको हो । भेटमा कांग्रेसका महामन्त्री शर्माले अध्यक्ष ओलीलाई बहुमत हुँदाहुँदै दुई पटक संसद विघटन गरेर गल्ती गरेको बताएका छन् ।
ओलीले संसद विघटनका विषयमा शर्माको जिज्ञासा र जवाफबारे कुनै पनि टिप्पणी गरेनन् । तर, शर्माले संसद विघटनबारे ओलीले माफी मागेर आगामी दिनमा सनकका भरमा संसद विघटन गर्नेछैन भनेर घोषणापत्र मार्फत प्रतिवद्धता जनाउन सुझाव दिएका थिए ।
ओलीले शर्माको सुझाव र आग्रहलाई टेरपुच्छर लगाएनन् । ओलीले कुनै जवाफ नदिए पनि शर्माको कुराले झट्का लागेको छ ।
झण्डै दुईतिहाईको बहुमत हुँदाहुँदै ओलीले तत्कालीन समयमा दुई पटक संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले संसदलाई ब्यूँताइदिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया