आयोग र सर्वोच्चले खारेज गरेपछि रुपन्देही २ मा थापालाई गठबन्धनको समर्थन, कालोनिलो बन्यो एमाले
काठमाडौं । सत्तागठबन्धनले रुपन्देही क्षेत्र नं. २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
प्रतिनिधि सभातर्फ जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई सत्तागठबन्धनको समर्थन रहेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सत्तागठबन्धनको समर्थन जनमुक्ति पार्टीका उम्मेदवार थापालाई रहेको जनाएका हुन् ।
एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवार सर्वोच्च अदालत र निर्वाचन आयोगले खारेज गरिदिएपछि सत्तागठबन्धनको उम्मेदवार थिएन ।
रुपन्देही क्षेत्र नं. २ बाट एमालेका नेता विष्णु पौडेलले उम्मेदवारी दिएका छन् । एमालेका पौडेलसँग अब सत्तागठबन्धनले जनमुक्ति पार्टीका थापामार्फत प्रतिस्पर्धा गर्नेछ ।
निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णयको एकीकृत समाजवादीले आक्रोश पोखेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया