उप-समितिमा जितजंग बस्नेतद्धारा ५० सदस्यहरु मनोनीत, सूचीमा को-को परे ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उप-समितिलाई विस्तार गरेका छन् ।
उप-समितिका संयोजक समेत रहेका बस्नेतले सोमबार उपसमितिका सदस्यहरु मनोनयन गरेका हुन् । बस्नेतले उप-समितिलाई ५० सदस्यीय बनाएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समितिका सदस्य बस्नेतको संयोजकत्वमा नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उप-समितिमा गठन भएको थियो ।
उप-समितिको सदस्यहरुमा सुवाश कोइराला, ओम शर्मा चापागाइँ, राजन केसी, भक्ति भट्टराई, देवीप्रसाद अर्याल, राजन केसी, भानु कालाखेती, गणेशप्रसाद घिमिरे, साङटो लामालगायतलाई संयोजक बस्नेतले मनोनयन गरेका छन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया