शेर्पाद्धारा कांग्रेसको खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उप-समितिमा सदस्यहरु मनोनीत

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकूद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमिति’मा सदस्यहरु मनोनयन गरिएको छ ।

उपसमितिका संयोजक एवम् केन्द्रीय प्रचार प्रसार समितिका सदस्य कर्माछिरिङ शेर्पाले सोमबार सदस्यहरु मनोनयन गरेका हुन् । संयोजक शेर्पाले आफ्नो उपसमितिमा ४७३ जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।

संयोजक शेर्पाले सात प्रदेशका लागि संयोजक र सहसंयोजकहरु पनि तोकेका छन् ।

संयोजक शेर्पाले उपसमितिको सदस्यहरुमा अखिलेश तिवारी, अतुल बर्मा, अनिता खनाल, अनिल आले मगर, अनुज बानियाँ, अनोज बस्नेत, देवेन्द्र घर्ती मगर, घमबहादुर थापा मगर, ऋषि पुरीलगायतलाई मनोनयन गरेका छन् ।

प्रदेश १ को संयोजकमा किशोर राई र सहसंयोजकमा बसन्त अर्याल, मधेश प्रदेशको संयोजकमा दीपेन्द्र यादव र सहसंयोजकमा रामचन्द्र लामालाई शेर्पाले जिम्मेवारी दिएका छन् ।

बागमती प्रदेशको संयोजकमा कुष्णमुरारी गुरुङ र सहसंयोजकमा विजय घलेलाई मनोनीत गरिएको छ ।

गण्डकी प्रदेशको संयोजकमा रत्नकुमार श्रेष्ठ र सहसंयोजकमा मिलन गुरुङ तथा कर्णाली प्रदेशको संयोजकमा भरत बुढा थापालाई मनोनीत गरिएको छ ।

उपत्यका संयोजकमा शिक्षित पराजुली र सहसंयोजकमा राजुबिक्रम थापा मनोनीत भएका छन् ।

निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिको सहसंयोजकको जिम्मेवारी शुभराम बस्नेतले पाएका छन् ।

उपसमितिको सदस्य सचिवमा मनीष जोशी, सचिवमा शेरोम कार्की तथा मिडिया संयोजकमा निरुपमध्वज कार्कीलाई संयोजक शेर्पाले मनोनीत गरेका छन् ।

संयोजक शेर्पाले सदस्यहरुलाई सत्तागठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन निर्देशन दिएका छन् । उनले उपसमितिको जिम्मेवारीअनुसार काम गर्न आग्रह गरेका छन् ।

Published : Monday, 2022 October 24, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया