विश्वकै धनीको सूचीमा रहेका अर्बपति कांग्रेस नेताको प्रचार शैलीले सबैको ध्यान तान्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अर्बपति उद्योगपति विनोद चौधरीले आफ्नो चुनाव प्रचार–प्रसारलाई तिब्र बनाएका छन् ।

चौधरीले नयाँ शैलीसहित चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाईकलको पछापड बसेर चुनावी प्रचार गरिरहेका छन् ।

सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गरेका चौधरीको प्रचार शैलीको प्रशंसा भएको छ ।

घरदैलो अभियानका क्रममा रहेका कांग्रेस नेता चौधरीले आफू जनताको घर आँगनमा रहेको बताएका छन् ।

उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन् ।

देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै उनले किसानका समस्या हल गर्न आफू लाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथीभाइ अनि दाजुभाइबीच उभिएको छु ।’

‘धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ’, उनले भने, ‘म जनताको साथमा, अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’

Published : Monday, 2022 October 17, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया