सत्तागठबन्धनलाई जिताउन शक्तिशाली कार्यक्रम घोषणा, कांग्रेसले नेतृत्व सम्हाल्यो
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ४ दलीय गठबन्धनले सात प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
शनिबार सार्वजनिक भएको विज्ञप्तिअनुसार कात्तिक ४ गते प्रदेशस्तरीय पोखरामा पहिलो संयुक्त भेला हुनेछ । पोखराको भेलाको नेकपा (एकीकृत समाजवादी)ले समन्वय गर्नेछ ।
कात्तिक ४ गते बुटवलमा संयुक्त भेला हुनेछ । बुटवलको भेलाको नेपाली कांग्रेसले समन्वय गर्नेछ ।
कात्तिक ५ गते नेपाली कांग्रेसको समन्वयमा विराटनगरमा संयुक्त सभा हुनेछ ।
कात्तिक ५ गते नेपाली कांग्रेसको समन्वयमा जनकपुरमा संयुक्त भेला हुनेछ ।
कात्तिक ६ गते माओवादी केन्द्रको संयोजनमा धनगढीमा संयुक्त भेला हुनेछ ।
कात्तिक ६ गते नेपाली कांग्रेसको समन्वयमा सुर्खेतमा संयुक्त भेला हुनेछ ।
कात्तिक ७ गते अन्तिम संयुक्त भेला माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा हुनेछ ।
संयुक्त भेलालाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
गठबन्धनको तर्फबाट संयुक्त अपील प्रकाश गर्न समिति गठन गर्ने निर्णय पनि चार दलले गरेका छन् ।
गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि भएको छ ।
जिल्लाको आवश्यक्ताअनुसार गठबन्धनका दलहरूबीच छलफल गरी आवश्यक्ता अनुसाका अन्य समितिहरू गठन गर्न सक्ने निर्णय पनि चार दलले गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया