देउवाले दिएको जिम्मेवारी विश्वले पूरा गरे

काठमाडौं । नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिका संयोजक एवम् महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रको मस्यौदा प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रारम्भिक मस्यौदा उप–समितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौदाको थप व्याख्या गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रारम्भीक मस्यौदालाई प्राप्त सुझावहरू समावेश गर्ने गरि पारित गरेको छ । उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय कांग्रेसले गरेको छ ।

बैठकमा उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, उमा रेग्मी र जिपछिरिङ लामाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा प्रारम्भीक मस्यौदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो ।

Published : Friday, 2022 October 14, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया