यी अनुशासनहीनहरूलाई कांग्रेसले असोज ३१ गतेसम्म दियो अन्तिम मौका
काठमाडौं । नेपाली कांग्रेसले असोज ३१ गतेसम्म विद्रोही उम्मेदवार तथा प्रस्तावक र समर्थकहरूलाई अन्तिम मौका दिएको छ ।
बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरेर असोज ३१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने उम्मेदवार, प्रस्ताव र समर्थकको कारबाही प्रक्रिया पु¥याएर फिर्ता लिने जनाएको छ ।
‘असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया