‘माया’ले एमालेमा बालेनले जस्तै डोजर चलाइन्, मापदण्ड विपरित नाम आएपछि बागमतीमा खैलाबैला
काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा रामेछापकी माया कार्कीको नाम समावेश गराएपछि बागमती प्रदेशभित्रका एमाले नेतृहरू असन्तुष्ट बनेका छन् ।
सिफारिस भएर आएका नाममा बागमती प्रदेश कमिटीमा छलफल हुँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचत भएर बल्ल निवर्तमान बनेकाहरूको नाम नपठाउने मापदण्ड बनाइएको भएपनि कार्कीको नाम भने सूचीमा सुटुक्क परेको छ ।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा रामेछापको मन्थली नगरपालिकाको उप–मेयरमा निर्वाचित भएकी थिइन् ।
हालै मात्र उप–मेयरबाट बिदा भएकी कार्कीको नाम एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा खस आर्य महिलातर्फ ३ नम्बरमा छ ।
२०७४ सालमा जनप्रतिनिधि भए वापत यसपाली प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको सूचीमा रामेछापकै दीपशिखा दाहाल, मखमली श्रेष्ठ, राधिका नेवार श्रेष्ठ, चितवनकी प्रभा बराल, दोलखाकी कालिका पाठक, दोलखाकी नै उर्मिला थामी, सिन्धुलीकी मञ्जु देवकोटा पर्न सकेनन् । उनीहरूलाई २०७४ सालमा जनप्रतिनिधि भएको भन्दै मापदण्ड देखाएर रोकियो ।
तर, मन्थली नगरपालिकाको उप–मेयर भएर गत जेठमा मात्रै कार्यकाल सकेर बिदा भएकी माया कार्कीको नाम समानुपातिक सूचीमा परेपछि बागमती प्रदेशभित्रका महिला नेतृहरू असन्तुष्ट बनेका हुन् ।
कसले लग्यो मायाको नाम ?
माया कार्कीको नाम समानुपातिक सूचीमा राख्न दोलखाकी सरस्वती बस्नेतले ठूलै ‘पावर’ लगाएको स्रोत बताउँछ ।
अखिल नेपाल महिला संघको बागमती प्रदेशकी सचिव रहेकी उनले एमाले महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्यमार्फत माया कार्कीको नाम समानुपातिकको तेस्रो नम्बरमै राखेको बताइन्छ ।
शाक्यले आफ्ना महासचिव पति पोखरेलको पावरको दुरुपयोग गरेर कार्कीको नाम विधि र पद्धति विपरीत समानुापतिकको सूचीमा राखेको आरोप छ ।
सुजिता शाक्य अनेमसंघको केन्द्रीय सचिव भएकाले भूगोलबाट आएको नामका आधारमा नभई अनेमसंघको तर्फबाट भनेर माया कार्कीको नाम उनैले सिफारिस गरेकी थिइन् ।
स्मरणीय के छ भने, माया कार्की बिहे गरेर कालिकोट गएकी व्यक्ति हुन् । त्यसमाथि उनका श्रीमान पहिल्यै विवाहित थिए ।
श्रीमती पुनम घर्ती मगर र ३ भाइ छोरा हुँदाहुँदै ज्ञानेन्द्र शाहीले माया कार्कीलाई भित्र्याएका थिए । अर्को रोचक कुरा के छ भने, माया कार्कीले मन्थली नगरपालिकाको उप–मेयरमा निर्वाचित भएको केही समयमै गुपचुप बिहे गरेकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया