यी नेताहरूलाई ५ वर्षको लागि कांग्रेसबाट निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले अनुशासनहीन हर्कत गर्ने बागीहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर पार्टीको निर्देशन नमानेर बागी उम्मेदवारी दिएका सबैलाई कारबाही गरिएको जनाएको छ ।

‘नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनदलहरू र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 October 12, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया