कांग्रेसले साथ दिएपछि राजिव गुरुङ मतदान नहुँदै सांसद बने
काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्रबाट मनोनयन गरेका राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका मनाङेले मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’बाट मनोनयन दर्ता गराएका थिए । उनलाई कांग्रेसको समर्थन थियो ।
२०७४ सालमा मनाङ ‘ख’बाट मनाङे स्वतन्त्रबाट निर्वाचित भएका थिए । यस पटक मनाङेले कांग्रेसको साथ पाएपछि निर्विरोध भएका छन् ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि २३ गते उनले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनाङेसँगै स्वतन्त्रबाट मनोनयन दर्ता गराएका दोर्जे लामा गुरुङले आफ्नो मनोनयन बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएका छन् ।
मनाङे प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन २०७९ को निर्वाचित हुने पहिलो सांसद बनेका छन् ।
मनाङ कांग्रेसका सभापति शंकर गुरुङले सबैको सहमतिमा मनाङेलाई समर्थन गरिएको बताएका छन् ।
उनले भनेका छन्, ‘हामीले उम्मेदवार उठाएको भए सक्थ्यौं । गठबन्धनको सरकारमा मन्त्री भएको व्यक्तिसँग के चुनाव लडाउनु भनेर अर्को उम्मेदवार उठाएनौँ । दीपक मनाङेले राम्रो काम गरेकै कारण निर्विरोध हुनुभएको छ ।’
मनाङमा प्रतिनिधि सभामा कांग्रेसले केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । टेकबहादुर गुरुङलाई गठबन्धनमा आबद्ध भएका कारण दीपक मनाङेले पनि साथ दिनुपर्नेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया