बदनाम भएर भागेका ठेकेदार शाहीद्वारा कांग्रेसबाट मनोनयन दर्ता, पार्टीभित्र विरोध
काठमाडौं । बदनाम ठेकेदार दीपेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसबाट प्रदेश सभातर्फ प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
डोल्पा कांग्रेसका सभापति समेत रहेका शाही विवादित र बदनाम ठेकेदार हुन् । शाहीविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा आधा दर्जन उजुरी परेका छन् ।
शाहीले रसुवामा अर्बौंको काम ठेक्का लिएर अलपत्र पारेका छन् ।
बागलुङ जिल्लामा पनि शाहीले मध्य पहाडी लोकमार्गको ठेक्का लिएर अलपत्र पारेका छन् । उनले मजदुर, उधारोमा सामान लिएको रकम, ब्याजमा लिएको रकम तिरेका छैनन् । मोबाइलहरू बन्द गरेर शाही भूमिगत छन् ।
रसुवाको सडकमा पेटीको काम गर्न दिएर शाहीले रकम भुक्तानी समेत गरेका छैनन् । शाहीका कारण समस्यामा परेका पेटी ठेकेदारहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा र गृहमन्त्री बालकृष्ण खाणलाई सम्बोधन गरेर उजुरी समेत दिएका छन् । उजुरीको विषयमा उचित निर्णय लिनुपर्ने बेलामा कांग्रेस नेतृत्वले शाहीसँग आर्थिक चलखेल गरेर टिकट दिएर उम्मेदवार बनाएको चर्चा छ ।
बदनाम शाहीलाई कांग्रेसले टिकट दिएपछि डोल्पाका मतदाताहरू चिन्तित बनेका छन् । शाहीले आइतबार डोल्पामा प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’मा मनोनयन दर्ता गराएका छन् ।
करोडौं रुपियाँ ठगी गरेर भागेका शाही भूमिगत छन् । शाहीलाई खोज्न पीडितहरू डोल्पा समेत पुग्ने गरेका छन् । भूमिगत रहेका शाहीले भूमिगत शैलीमा डोल्पा पुगेर मनोनयन दर्ता गराएका छन् ।
पीडित भएकाहरू अब डोल्पामा गएर शाहीको कठालो समातेर रकम असुल उपर गर्ने तयारीमा छन् । शाहीले मनोनयन दर्ता गरेको थाहा पाएपछि पीडितहरू डोल्पा जान थालेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया