देउवाद्वारा मधेश प्रदेशकी शक्तिशाली नेतृ चन्दालाई कांग्रेसमा स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरीलाई पार्टी प्रवेश गराएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवाले नेतृ चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
लोसपाककी निवर्तमान सांसद एवम् मधेश प्रदेशकी प्रभावशाली महिला नेतृ चौधरीले लोसपाप्रति वितृष्णा पैदा भएका कारण आफू कांग्रेसमा प्रवेश गरेको जनाएकी छिन् ।
लोसपा छाडेर नेतृ चौधरी कांग्रेसमा प्रवेश गरेपछि महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरू झन् एक्लिएका छन् ।
ठाकुरले नेतृ चौधरीलाई निकै विश्वास गर्थे । ठाकुरलाई छाडेर चौधरी कांग्रेसमा प्रवेश गरेपछि मधेश प्रदेशमा खैलाबैला भएको छ ।
पार्टी प्रवेशका क्रममा कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा, सर्लाही कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सदस्य विकाश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया