एमालेको आडमा कानून विपरितका हर्कत गर्न खोजेपछि चालेन्द्रको अर्को प्वाँख काटियो

काठमाडौं । नेपाल प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

एमालेको टाउकोमा टेकेर पुलपुलिएका जबराको व्यक्तिगत सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी पीएसओ प्रहरीले आइतबार फिर्ता बोलाएको हो ।

स्रोतका अनुसार जबराको स्कर्टिङमा खटिने सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको छ । जबराको सुरक्षाका लागि ८ जना प्रहरी निवासमा थिए ।

संसदको महाअभियोग सिफारिस विशेष समितिले जबरालाई महाअभियोग लगाउने प्रस्तावसहित शुक्रबार राति सभामुखलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

भ्रष्टाचारसहितका विभिन्न काण्डहरूमा मुछिएका जबराविरुद्ध फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

त्यसपछि जबरा निलम्बनमा रहेका छन् । जबराले आइतबार जबरजस्ती सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पद सम्हाल्न जाने प्रयास गरेका थिए ।

जबराले कानून र संविधान उल्लंघन गर्ने प्रयास गरेपछि नेपाल बार एसोसिएसनले विरोध जनाएको थियो । अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको बाक्लो राखिएको थियो ।

Published : Sunday, 2022 September 18, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया