चालेन्द्रको चकित पर्ने सम्पत्ति, कांग्रेस-माओवादी ठेगान लगाउने पक्षमा, एमालेले बचाउन खोज्यो

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिलाई न्यायपरिषदले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति विवरण बुझाएको छ ।

जबराको बैंक खातामा ५९ लाखभन्दा धेरै रकम भेटिएको छ । जबराले बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार बचत गरेका छन् । यो रकमको स्रोतमा उनले कर्मचारी सञ्चय कोष र बचतबाट देखाएका छन् ।

जबराले पत्नी रेजी राणाको नाममा २४ आनाभन्दा धेरै जग्गा किनेका छन् । जबराले ८ करोड २६ लाखमा काठमाडौंमा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा खरिद गरेको विवरणमा देखिएको छ ।

जबराले काठमाडौंका महत्वपूर्ण स्थानहरूमा ३ रोपनी १ आना जग्गा किनेको परिषदले बुझाएको विवरणमा उल्लेख छ ।

जबराले पत्नी रोजीको नाममा ठमेलमा तीन कित्ताको २१ आना जग्गा किनेको देखिएको छ । जबराले दुई वटा घर र जग्गा खरिद गर्न ३ करोड रुपियाँ खर्च गरेका छन् ।

जबराले धुम्बाराहीमा ८१ लाखमा पाँच आना क्षेत्रफलको ३ कित्ता जग्गा पनि किनेका छन् ।

भ्रष्टाचार विभिन्न अनियमितताको काण्डमा निलम्बनमा परेका जबरालाई बचाउन एमालेले जोडबल गरेको छ ।

महाअभियोग सिफारिस समितिमा जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा सदस्यहरू विभाजित भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले शनिबार प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाउन प्रस्ताव गरेका छन् ।

एमालेका सांसदहरूले प्रतिवेदन बनाएर सभामुखलाई बुझाउन अटेर गरेका छन् । एमालेका सांसदहरू जबरालाई महाअभियोगबाट बचाउन लागेको आरोप छ ।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध सचिवालयले प्रतिवेदनको मस्यौदा बनाएको बताएका छन् । उनले प्रतिवेदनलाई पूर्णता दिइ संसद सचिवालयमा दर्ता गर्ने बताएका छन् ।

एमाले सांसद कृष्णभक्त पोरखेल खोजेको डकुमेन्टहरू नआएको बताएका छन् । उनले प्रतिवेदन बनाएर सभामुखलाई बुझाउने विषयमा आनाकानी गरेका छन् ।

Published : Friday, 2022 September 16, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया