सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसले पाउने निश्चित

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली कांग्रेसलाई दिने निश्चित भएको छ ।

५ दलीय गठबन्धनभित्र सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसलाई दिने प्रारम्भीक सहमति भएको एक नेताले बताएका छन् । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं. १ आफ्नो पकड रहेको जनाएको छ ।

गठबन्धनभित्र सिन्धुपाल्चोक क्षेत्र नं. १ कांग्रेसलाई दिने निश्चित भएपछि नेता कार्यकर्तामा खुसीयाली छाएको छ ।

कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं. १ आफ्ना किल्ला मानेको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामले पनि कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित्ने पक्का छ ।

सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबादुर बस्नेतले उम्मेदवारी दिने तयारी गरेका छन् । गठबन्धनभित्र भएको प्रारम्भीक सहमतिले कांग्रेसका कार्यकर्ता उत्साहित बनेका छन् ।

Published : Wednesday, 2022 September 14, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया