‘माखो मार्न नसक्ने’लाई फालेर विभागमा अधिकारी आए, अब अमितको फाइल खुल्न सक्छ

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा तारानाथ अधिकारीको सरुवा गरेको छ ।

कालोधन छानबिनसहित कारबाही गर्ने प्रमुख निकायका रूपमा रहेको विभागमा अधिकारीले अबसर पाएका छन् ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आएका अधिकारीलाई सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभाग महानिर्देशक बनाइएको छ ।

विभागको हालका महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरिएको छ ।

अधिकारीले यसअघि पर्यटन विभागमा महानिर्देशकका रूपमा काम गरेका थिए ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई वर्ष कार्यरत थिए ।

कुशल योजनाकारका रूपमा रहेका अधिकारी निर्णय क्षमतामा समेत अब्बल र हक्की प्रशासकका रूपमा परिचित छन् ।

यसअघिका महानिर्देशक भट्टराईले विभागका ‘माखो मार्न’ नसकेपछि सरकार रिसाएको थियो ।

भट्टराईले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत पक्राउ परेका विवादित व्यक्ति अमित श्रेष्ठमाथि छानविन नगरेको आरोप थियो । श्रेष्ठ अहिले पुर्पक्षबाट बाहिर आइसकेका छन् ।

प्रारम्भीक अनुसन्धानका क्रममा श्रेष्ठसँग स्वदेशी र विदेशी बैंकमा तथा चलअचल अकुत अबैध सत्तपत्ति प्रहरीले भेटाएको छ ।

विभागका नयाँ महानिर्देशक अधिकारीले विवादित श्रेष्ठको अकुतधनमाथि छनविन गर्छन् वा अधिकारीले जस्तै बचाउँछन् ? हेर्न बाँकी छ ।

अमित श्रेष्ठको नाममा रहेको निम्न लिखित खातामा रकम रहेको पाइएको

(क) बैंक खाताहरू:

१. Common-Wealth Bank of Australia $1,94,285.56 रकम कारोवार भएको ।

२. Royal Bank of Canada $1,87,4421.38 रकम कारोवार भएको ।

३. Royal Bank of Canada बाट शेयर कारोवार समेत देखिएको ।

४. Everest Bank Ltd. को खाताबाट रु. २,०६,०६,६९२।- ( अक्षरेपी दुई करोड छ लाख छ हजार छ सय बयानब्बे) र NIC Asia Bank Ltd को खाताबाट रु. ६५,२४,९१०। ( अक्षरेपी पैसठ्ठी लाख चौबीस हजार नौ सय दश ) गरी नेपालमा बिभिन्न कम्पनीहरुमा सेयर लगानी रहेको पाइएको ।

५. Nabil Bank Ltd Nepal मा Canadian $ 67,596.00 र ने.रू. ६५,००,०००।– (अक्षरेपी पैसठ्ठी लाख) देखिएको ।
काठमाण्डौ महानगरपालीका वडा नं. १४ कलंकीमा जग्गा, ऐ महानगरपालीका वडा नं. ३ लाजिम्पाटमा जग्गा, ऐ पानीपोखरीमा 3A2 अपार्टमेन्ट गरी जम्मा $ 4,49,019 को सम्पत्ति रहेको ।

Published : Wednesday, 2022 September 14, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया