यी असक्षम कम्युनिस्ट नेतालाई २०५ किलोका फूलको माला
काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले २०५ किलोको फूलको माला लगाएका छन् ।
कम्युनिस्ट नेता ओलीले जनकपुरधाममा २०५ किलोको माला लगाएका हुन् । उनका कार्यकर्ताले ओलीले २०५ किलो फूलको मालाले स्वागत गरेका छन् ।
सोमाबर एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलाको फूलको माला लगाइएको थियो ।
कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले ओलीलाई स्वागत गरेका छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको नेताहरूले दाबी गरेका छन् ।
जसपाका मधेश प्रदेससभा सदस्य अंजु कुमारी यादव, नेकपा (एकीकृत समाजवादी)का नेता अरबिन्द साह, कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव लगायतका दर्जनौं नेताहरूलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका छन् ।
कम्युनिस्टहरुले तामझाम र ठूलो फूलको माला लगाउँदैनन् भन्ने कुरा थियो । ओलीले माला लगएर सबैलाई चकित बनाइदिएका छन् । झण्डै दुईतिहईकाे कम्युनिस्ट सरकार र नेकपा चलाउन नसक्ने असक्षम प्रधानमन्त्रीका रूपमा ओली कहलिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया