देउवाका विश्वासपात्र खाणद्वारा प्रचण्डसँग भेट, साथमा शर्मा पनि सहभागी

काठमाडौं । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेका बला गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

सोमबार बिहान ललितपुरको खुमलटारमा गृहमन्त्री खाणले अध्यक्ष दाहालसँग नागरिकता विधेयक र अन्य समसामियक राजनीतिक विषयमा परामर्श गरेका हुन् । भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।

संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले अध्यक्ष दाहालसँग छलफल गरेका छन् ।

उनीहरूका बीच मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको छ ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले दाहालसँग छलफल गरेका छन् ।

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको बुझिएको छ ।

गृहमन्त्री खाण प्रधानमन्त्री शेरबहादुर देउवाका निकै विश्वासिला सल्लाहकारमा पर्छन् । देउवालाई केही समस्या पर्नेवित्तिकै खाणलाई जिम्मेवारी दिएर खटाउने गरेका छन् ।

प्रधानमन्त्री देउवालाई गृहमन्त्री खाणले पनि आफूले सक्ने सबै सहयोग गर्दै आएका छन् । सरकारमा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीहरूमध्ये खाण पहिलो नम्बरमा पछन् ।

Published : Monday, 2022 September 12, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया