मोहन बस्नेतले सिन्धुपाल्चोक–१ मा ‘स्याल’हरूलाई छिर्न नदिने, ‘रुख’मा भोट हाल्न जनता आतुर
चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लाखौं जनता कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आतुर रहेको बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोक कांग्रेसले चौतारामा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले
मंसिर ४ गते हुन लागेको आम चुनावमा कांग्रेसलाई भोट हाल्न जनता आतुर रहेको बताए ।
संकटमा परेको बेला देशलाई उचित निकासा दिने, देश डुब्नै लाग्दा जोगाउने काम कांग्रेस नेतृत्वले बहेक अरुले गर्न नक्कने प्रमाणित भैसकेको उनले बताएका छन् ।
देशभरिका जनता कांग्रेसको पक्षमा रहेको नेता बस्नेतले बताएका छन् । उनले विकास विरोधी र जनता विरोधी स्याल कम्युनिस्टहरूलाई यस पटकटको निर्वाचनमा सिन्धुपाल्चोक छिर्न नदिने उल्लेख गरेका छन् । सिन्धुपाल्चोकका सबै जनता कांग्रेसको पक्षमा रहेको उनले बताएका छन् ।
उनले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा गठबन्धनबिना नै कांग्रेसले १०३ वडामध्ये ५३ वटा वडा जितेको बताए ।
‘यदि केन्द्र र प्रदेशको चुनावमा केन्द्रीय नेतृत्वले सिन्धुपाल्चोकको सन्दर्भमा गलत निर्णय लिए ठूलो दुर्घटना निम्तिनेछ’, उनले भनेका छन् ।
नेता बस्नेतले कहाँ कसको जनमत कति भन्नेसम्म आकलन गर्न चुके सबैलाई घाटा हुने चेतावनी दिए ।
उनले उचित निर्णय हुन नसके अर्को पक्षले यसको फाइदा लिन पर्खेर बसिरहेको बताएका छन् ।
बस्नेतले भने, ‘कांग्रेस ५ लिटरको भाँडा हो, भने माओवादी १ लिटरको भाँडा हो ।’
गत स्थानीय निर्वाचनको जनमतलाई आधार मान्दै प्राप्त भएको मतपरिणामलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
‘१ लिटरको भाँडाको पानी ५ लिटरको भाँडामा मज्जाले अटिन्छ । तर, ५ लिटरको भाँडाको पानी कदापि १ लिटरको सानो भाँडामा अटिदैन ।’
नेता बस्नेतले सिन्धुपाल्चोकमा नेतृत्वले गठबन्धनका बारेमा निर्णय लिँदा सुझबुझका साथ गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाले सिन्धुपाल्चोकको वास्तविक गतिविधि जस्ताको त्यस्तै प्रतिवेदन आफूले केन्द्रमा बुझाउने बताए ।
नेता लामाले आफू संधै बलियो कांग्रेस र सक्षम कांग्रेस भएको हेर्न चाहेको बताए । उनले सिन्धुपाल्चोक कांग्रेसभित्र रहेको सानोतिनो मनमुटाव, वैमनस्यतालाई कम गराउन अभियान अवधिभर सकेको सरसल्लाह, सुझाव दिन पछि नपरेको बताएका छन् ।
नेता लामाले भावी दिनमा पनि सधै साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
१०९औं वीपी कोइराला जयन्तीको अवसर सिन्धुपाल्चोक कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानको पहिलो चरणको समापन भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेता बस्नेतका साथै केन्द्रीय सदस्य बहादुरसिंह लामा, जिल्ला सभापति जंगबहादुर लामा, बागमती प्रदेश कांग्रेसका सह–महामन्त्री हरिशरण श्रेष्ठ, प्रदेश प्रतिनिधि लामा कर्पु तामाङ, सदस्य गुमानसिंह लामालगायतको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकको क्षेत्र नं. १ बाट कांग्रेस नेता बस्नेतले उम्मेदवारी दिने तयारी गरेका छन् । यो क्षेत्रमा कांग्रेस शक्तिशाली छ ।
बस्नेतले ५ वर्षमा यो क्षेत्रमा कांग्रेसलाई निकै बलियो बनाएका छन् । कांग्रेसको बलियो आधार ईलाकामा यस पटक नेता बस्नेतले ‘स्याल’हरूलाई छिर्न नदिने योजनामा छन् ।
क्षेत्र नं. १ लाई माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले पनि दाबी गरिरहेका छन् ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया