देउवाद्वारा कांग्रेसलाई कमजोर बनाउन खोज्ने यी तत्वहरूको भण्डाफोर
भरतपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने बताएका छन् ।
शुक्रबार भरतपुरमा चिवतन कांग्रेसले १०९औं वीपी जयन्तीको अवसरमा देउवाले भने, ‘गठबन्धन जोगाएर लैजान आवश्यक छ ।’
‘गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो’, सभापति देउवाले भनेका छन् ।
गठबन्धन नहुँदा नेपालमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको हैकमवाद चलेको उनले बताएका छन् ।
उनले भने, ‘त्यसबेला कांग्रेस नेता–कार्यकर्ताहरू डरले थरथर हुने गर्थे ।’
उनले त्यसबेला सबै मिलेर ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको पनि स्मरण गराएका छन् ।
‘त्यसबेला सबैजनाले ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको हो नि’, देउवाले भने, ‘गठबन्धन गरेर हटाएर आज के भयो ? पहिले हामीसँग केही थिएन ।’
‘अहिले हाम्रो नेतृत्वको सरकार छ । मुख्यमन्त्री पनि हाम्रै छन्’, उनले भने, ‘गठबन्धन रहिरहे यो त फेरि पनि भइरहन्छ ।’
कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले कांग्रेसलाई कमजोर बनाउने रणनीतिअन्तर्गत विरोध र षड्यन्त्र भएको उल्लेख गरेका छन् ।
कांग्रेसभित्रै एउटा सानो झुण्ड र एमालेले ५ दलीय गठबन्धनको विरोध गरिरहेको छ । त्यो तत्वप्रति देउवाको संकेत थियो ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया